नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता दाङ जिल्ला शान्तिनगर गाँउपालिका– २ सुन्दरपुरका ५० वर्षीय इन्द्रबहादुर वली, राप्ती गाँउपालिका–५ सिसनियाका ४६ वर्षीय यमलाल कटुवाल र तुलसीपुर उपमनपा –१९ का ६५ वर्षीय रामबहादुर थापालाई प्रहरीले फागुन १ गते सुनवलबाट गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएका उपर अभद्र व्यवहार मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताउनु भयो ।