INSEC Online

📅 २०८३ जेष्ठ २१

छोरीलाई आगो लगाई हत्या गरेको आरोपमा आमा गिरफ्तार

कर्जन्हा नपा–५ कि १६ वर्षीया सलोनी नायकलाई आगो लगाई हत्या गरेको आरोपमा मृतककी आमा ३५ वर्षीया आशादेवी नायकलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले माघ २९ गते गिरफ्तार गरेको छ ।
तत्काल घटनास्थल हेर्दा माघ १० गते आगो लागेर मृत्यु भएकोे जस्तो देखिए पनि अनुसन्धान र पोष्टमार्टम प्रतिवेदनबाट हत्या भएको खुल्न आएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो ।
हत्यामा आमाको संलग्नता देखिएकोले प्रहरी प्रतिवेदनको आधारमा माघ २८ गते उजुरी दर्ता गरि कारवाही प्रकृया अगाडी बढाइएको डिएसपी जैसवारले बताउनु भयो ।
शवको पोष्टमार्टम लहान स्थित रामकुरमार उमाप्रसाद स्मारक अस्पतालमा माघ १० गते भएको थियो ।

अन्य

भिडियो