जिल्ला अदालतले रिहा गर्ने आदेश दिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता लुग्री गाउँपालिका –.१ का ३४ वर्षीय जीतबहादुर बिष्ट र सुनिल स्मृति गाउँपालिका – ५ का ३७ वर्षीय खैराम महरालाई प्रहरीले माघ २८ गते पुनः गिरफ्तार गरेको छ ।
जिल्ला अदालतले माघ २८ गते २० हजार रूपियाँ धरौटी तारेखमा रिहा गरे लगत्तै प्रहरीले आरोपितलाई गिरफ्तार गरी प्यूठान पठाएको प्रहरीले जनायो ।
प्रहरीले आरोपितलाई पुस २३ गते सुलिचौरबाट गिरफ्तार गरेको थियो ।