INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

जिल्ला अदालतले रिहा गर्ने आदेश दिएका  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता लुग्री गाउँपालिका –.१ का ३४ वर्षीय जीतबहादुर बिष्ट र सुनिल स्मृति गाउँपालिका – ५ का  ३७ वर्षीय  खैराम महरालाई प्रहरीले माघ २८ गते पुनः गिरफ्तार गरेको छ ।

जिल्ला अदालतले माघ २८ गते २० हजार रूपियाँ धरौटी तारेखमा रिहा गरे लगत्तै प्रहरीले आरोपितलाई गिरफ्तार गरी प्यूठान पठाएको प्रहरीले जनायो ।

प्रहरीले आरोपितलाई पुस  २३ गते सुलिचौरबाट गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो