भक्तपुर नगरपालिका–५ को धौला बस्ति ५५ वर्षदेखि लालपूर्जा विहिन रहेको छ । लिच्छविकालदेखि धौला जाति बस्दै आएको भेलुखेलको १ सय ५५ घरमध्ये ८२ ओटा घर लालपूर्जा विहिन रहेको स्थानीय शिक्षक बाबुरत्न धौलाले बताउनु भयो ।
सरकारले सञ्चालन गरेको नापी अन्तरगत ०२१ सालमा धौला बस्तिमा जातिगत रुपमा पछाडि परेको, सबै अशिक्षित रहेका र नापी गराउनुपर्छ भन्नेबारेमा ज्ञान नुहँदा अहिलेको समस्या व्यहोर्नु परेको स्थानीय शिक्षक बाबुरत्न धौलाले बताउनु भयो ।
‘राणाकालमा धनजम्मा गरे सरकारले कब्जा गर्छ भन्ने बुझ्दै आएका यहाँका अशिक्षित बासिन्दाले ०२१ सालमा नापी आउँदा घरजग्गा सरकारले अधिकरण गर्छ र बस्ति उठाउँछ भन्ने डरले नापी नगरी भागेको शिक्षक धौलाले बताउनु भयो । जसले गर्दा ती जग्गामा कित्ता नम्बर उल्लेख भएपनि व्यक्तिको नाम नहुँदा लालपूर्जा विहिन बन्नु परेको उहाँले बताउनु भयो ।
सरकारले ०२१ सालमा नापी गर्दा बाँकी घरजग्गा ०४२ सालमा नापी गर्दा बस्तिको ७२ ओटा घरले लालपूर्जा पाएपनि अरु घरजग्गा भने ब्लक˗ब्लकका रुपमा छाडेपछि अहिले एउटै ब्लकमा १० ओटासम्म घर रहेको स्थानीय समाजसेवी चरण धौलाले बताउनु भयो ।
उक्त जग्गामा पुनः नापी गरेर लालपूर्जा व्यवस्था गरिदिन ०४२ सालदेखि सरकारसँग माग गर्दा पनि हालसम्मका कुनैपनि सरकारले यो बस्तिको आवाज नसुनेको शिक्षक धाैलाले बताउनु भयाे ।
पञ्चायत शासनमा प्रजातन्त्र स्थापनापछि बनेका सबै सरकार र लोकतन्त्र आएपछि बनेका सरकारसँग लालपूर्जा माग गर्दै पटकपटक डेलिगेसन जाँदा पनि कुनै सुनुवाई नभएको स्थानीय चरण धौलाले बताउनु भयो ।
वडा कार्यालयदेखि भक्तपुर नगरपालिकासम्मको सिफारिस लिएर कृषि मन्त्रालय, भूमिसुधार मन्त्रालय र सरकार प्रमुखलाई समेत पटकपटक पत्र बुझाएको उहाँको भनाई छ ।
एमालेका नेता झलनाथ खनाल कृषि मन्त्री हुँदा, राप्रपाका पद्मसुन्दर लावती भूमि सुधार मन्त्री हुँदा, गिरिजाप्रसाद कोईराला, माधवकुमार नेपाल सरकार प्रमुख हुँदा समेत निवेदन लिएर जाँदा पनि लालपूर्जा नपाएको उनीहरूको गुनासो छ ।
भूमि सुधार कार्यालय, मालपोत कार्यालय, भूमि सुधार विभागदेखि मन्त्रालयसम्म पटकपटक धाउँदा पनि लालपूर्जा पाएका छैनन् । यो टोलमा सरकारले खानेपानी धारा, विद्युत व्यवस्था गरेको छ,लालपूर्जा नभएको केही घरको नक्सा पास समेत छ,तर आफ्नो घरको लालपूर्जा नुहँदा पछिल्लो समयमा निकै समस्या व्यहोर्नु परेको चरण धौलाले बताउनु भयो ।
वर्षौदेखि सरसफाई मजदुर र विभिन्न मन्दिरको रेखदेख गर्दै आएका धौला बस्तिका बासिन्दाको सम्पत्तिको नाममा बस्तिमा रहेको लालपूर्जा विहिन घरबाहेक केही नभएको शिक्षक बाबुरत्न धौलाले बताउनु भयो । घरको लालपूर्जा नुहँदा छोराछोरी पढाउन बैंकबाट ऋण लिन नपाएकोले जटिल समस्या पर्दा भएको स्थानीय समाजसेवी माईलाबाबु धौलाले बताउनु भयो । करिब २७ रोपनी जग्गाभित्र रहेको बस्तिमा सडक, मन्दिर, इनारलगायतका संरचनाहरू समेत रहेका छन् ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७