INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया बालिका बलात्कार घटनाका आरोपित दुल्लू नपा–१३ मालिकाका २० वर्षीय तेजबहादुर रावतलाई प्रहरीले माघ २८ गते गिरफ्तार गरेको छ ।

आरोपितले ०७६ जेठ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीको आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी इन्स्पेक्टर नैनबहादुर साउदले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २६ गते दैलेख जिल्ला अस्पतालमा भयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडित गर्भवती रहेकी छन् ।

 

अन्य

भिडियो