६ वर्र्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले१३ वर्षीय बालकलाई माघ २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई माघ १७ गते यौन दुरव्यवहार गरेको भन्दै पीडित पक्षले माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाइएको डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २६ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।