१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले घोराही उपमनपा–१० का १३ वर्षीया बालकलाई सात वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले बालकलाई घटनामा दोषी ठहर गर्दै सात वर्ष कैद र पीडितलाई ५० हजार क्षतिपुर्ति उपलब्ध गराउने फैसला गरेको हो । कसुरदार नाबालक भएकाले ६ वर्ष ६ महिना कैद मिनाह गद ६ महिना बाल सुधार गृहमा राख्ने आदेश गरेको छ ।
आरोपितले ०७५ फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई फागुन २६ गते गिरफ्तार गरेको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण फागुन २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।