जिल्ला सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नपा–७ सानुसिरुवारी स्वास्थ्य चौकीका प्रमुख तथा अहेव केशव नापितलाई सोही वडाको सचिवमा सरुवा गरेपछि सो स्वास्थ्य चौकीबाट हुने सेवामा अवरोध पुगेकोे छ ।
अहेव प्रमुख सहित पाँच जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको सो स्वास्थ्य चौकीमा एकजना अनमी र एकजना खोप कार्यकर्ता मात्र बाँकी रहेका छन् । ०७६ मङ्सिर १५ गतेदेखि स्वास्थ्य चौकीका अहेव केशव नापितलाई वडा सचिवको जिम्मेवारी दिएपछि स्वास्थ्य सेवा प्रभावित भएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष केदार दुलालले बताउनु भयो । बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीलाई प्रशासनिक काममा लगाएर नगरपालिकाले स्वास्थ्य सेवालाई बेवास्ता गरेको उहाँले बताउनुभयो ।
दम र खोकीको रोगको उपचार गर्न आउनुभएकी स्थानीय ७३ वर्षीया रत्नमाया तामाङले अहेव नभएपछि उपचार नपाई फर्कन परेको बताउनुभयो । आफुले स्वास्थ्य चौकीमा रहेर बिरामीहरूको उपचारमा संलग्न रहदा रहदै पनि अप्रत्याशित वडा सचिवको काम गर्न पठाएकोले स्वास्थ्य चौकीको काममा अवरोध पुगेको स्वास्थ्यकर्मी केशव नापितले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा कर्मचारी समायोजनको काम पुरा नभएको, सो वडामा स्थायी कर्मचारिको अभाव भएको र पञ्जिकाधिकारीको काम स्थायी कर्मचारिले मात्र गर्नुपर्ने भएकोले वडा सचिवको काम पनि सोही वडाको स्वास्थ्य चौकीका इन्चार्जलाई जिम्मेवारी दिनुपरेको चौतारा साँगाचोकगढी नगर पालिकाका स्वास्थ्य प्रमुख शिव पुरीले बताउनुभयो ।
संविधानको भाग–३ को मौलिक हकको धारा ३५ मा स्वास्थ सम्बन्धि हकको व्यवस्था गरिएको छ ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि