१७ वर्षीया बालिकालाई बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरका ३९ वर्षीय रामबाबु दतराज र ७१ वर्षीय भिम प्रसाद ढकाललाई माघ २४ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आफुहरुसँग चितवन गए भाग्य चम्कने र एक करोड रुपियाँ पनि पाउने प्रलोभनमा पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वासुदेव खतिवडाले जानकारी दिनुभयो ।
गाडी चढ्ने बेला बालिकालाई शंका लागेर भागेको र घर पुगेर आमालाई सबै कुरा बताएपछि पीडित पक्ष प्रहरीमा आएको उहाँले बताउनुभयो ।
पीडित बालिकाको माघ २३ गते साझँ उचाइ नापेर भिडियो बनाएको आरोपितले माघ २४ गते बालिकालाई चितवन लान लागेको प्रहरीले जनाएको छ । पीडितकी आमाको मौखिक उजुरी पश्चात आरोपितलाई प्रहरीले माघ २४ गते गिरफतार गरेको थियो ।
पीडितका आफन्तले माघ २५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको र आरोपितलाई प्रहरीले माघ २५ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरि अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी खतिवडाले बताउनुभयो ।