INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीद्वारा ई–रिक्सा चालकमाथि कुटपिट

बुटवल उपमनपा–११ तल्लो देवीनगरका ई– रिक्सा चालक ४४ वर्षीय भुवनसिंह सिंजालीलाई माघ २५ गते प्रहरीले कुटपिट गरेको छ ।

ब्लुबुकको विषयमा विवाद हुँदा सिंजालीलाई बुटवल उपमहानपा– ९ कालिकानगरबाट गिरफ्तार गरेर प्रहरी विटमा ल्याएर प्रहरी जवानद्धय हिमबहादुर बुढा, पुष्कर शाह र प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी जवान बिपी चन्द्र जिसीले कुटपिट गरेको पीडितले बताउनु भयो ।

रिक्सा चलाइरहेको समयमा ट्राफिक प्रहरीले ब्लुबुक मागेको र ब्लुबुक घरमै छुटेको र  लाइसेन्स छ भन्दा चाँवी खोसेको पीडितले बताउनु भयो । कुटपिटबाट  सिंजालीको दायाँ  तिघ्रामा निलाडाम भएको छ  । पीडितले यताउता फर्कन नसक्ने र  स्वास फेर्न गाह्रो भएको बताउनु भयो  । उहाँको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।

चिकित्सकका अनुसार सिंजालीको छातीमा समस्या देखिएकोले अझै केही दिन भर्ना गरेर  उपचार गर्नु पर्छ । घटनाका सम्बन्धमा  नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन रुपन्देही, ई–रिक्सा चालक समितिले पीडितको उपचार र दोषीलाई कारवाहीको माग गरेका छन्  ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भीमलाल भट्टराईले घटनाका विषयमा अनुसन्धान भइरहेको बताउनु भयो ।

 

 

2020020901rupandehi

अन्य

भिडियो