४० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २४ गते प्यूठान नपा – ८ का २० वर्षीय नारायण परियारलाई २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले उक्त फैसला गरेको श्रेष्तेदार सिता रेग्मीले बताउनु भयो । परियारले ०७६ कात्तिक १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई कात्तिक १४ गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १४ गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको थियो ।