INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–१ का ४९ वर्षीय राजकुमार खिउजु विरूद्ध ०७६ माघ २२ गते महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा उजुरी दर्ता भएको छ ।

नेपाल प्रहरीबाट डेढ महिना अघि स्वैच्छिक अवकास लिएका डिएसपी खिउजुले ०७५ माघ ३० गतेदेखि ०७६ जेठसम्म पटक पटक बलात्कार गरेको पीडितको आरोप छ । आरोपितले पीडितलाई प्रहरी रिपोर्ट बनाउन सहयोग गर्ने बहानामा कार्यकक्षमै बलात्कार गरेको र त्यसपछि पटक पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ । उजुरीमा खिउजूकी पत्नी र छोरीसमेत मिलेर पीडितलाई धम्की र प्रलोभन दिएको समेत उल्लेख गरिएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।

पूर्व डिएसपी खिउजूमाथि माघ २३ गते ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको र खोजी कार्य सुरु गरिएको महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २२ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो