रुकुम पश्चिमकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ०७६ माघ २२ गते प्रहरीले दुई जना छेडागाड नगरपालिका–११ जाजरकोटका २२ वर्षीय मोहन रावत र नलगाड नगरपालिका–८ जाजरकोटका ३० वर्षीय निखिल भनिने वीरेन्द्र परियारलाई रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–३ खदीबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
खाद्य संस्थानको चामल गाउँमा पुर्याउने ठेक्काको काम गर्न आएका आरोपित दुवै जनाले रक्सी खाने निहुँ पारेर पीडित महिलाको घरमा गइ मोहनले बलात्कार गरेको र वीरेन्द्रले बलात्कार प्रयास गरेको पीडित महिलाले बताइन् ।
पीडित महिलाले माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले बताउनुभयो । पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २२ गते जिल्ला अस्पता सल्ले रुकुम पश्चिममा गरिएको छ ।