सामुहिक बलात्कार गरी हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालत कैलालीका न्यायधीश कृष्णप्रसाद नेपालको इजलाशले ०७६ माघ २२ गते चार जनालाई जन्म कैद र एक जनालाई पाँच वर्षको कैद सजायको फैसला सुनाएको छ ।
गौरीगंगा नगरपालिका —११ की २१ वर्षीया माया बिकको ०७५ असार १२ गते सामूहिक बलात्कार गरी हत्या गरेको कुसुरममा सोही ठाउँका २१ वर्षीय सुरज चौधरी, ३० वर्षीय गणेश बडुवाल, २० वर्षीय भुवन गिरी, २८ वर्षीय मनोज बोगटीलाई जन्म कैद र १९ वर्षीय तपेन्द्र बोगटीलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका सूचना अधिकारी नरबहादुर नेगीले बताउनु भयो ।
बलात्कार गरी हत्या गरेको आरोपमा पीडित परिवारले ०७५ असार १३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा किटानी उजुरी दिएकोमा सोही दिन नै आरोपितहरूलाई प्रहरीले गिरफ्तार गरी मुद्दा दर्ता गरेका थिए ।
२०७५ असार १३ गते माया बिकको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।