INSEC Online

📅 २०८३ जेष्ठ २१

आमरण अनसनरत तिवारीको जीवन रक्षा गर-इन्सेक

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुधार गर्नुपर्ने माग गर्दै १६ दिनदेखि आमरण अनसनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीको जीवन रक्षा गर्न इन्सेकले माग गरेको छ ।

इन्सेकले मङ्सिर २३ गते प्रकाशन गरेको विज्ञप्तिमा ‘हामी तिवारीले उठान गर्नुभएका मागहरूको समर्थन गछौँ साथै आमरण अनसनको शुरुआतदेखि नै घटनाको अनुगमन गरी अभिलेखसमेत गरिरहेका छौँ’ उल्लेख छ ।

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा तिवारीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन तथा उहाँको जीवन रक्षाका लागि सार्थक वार्ता र संवादको पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।

अन्य

भिडियो