INSEC Online

📅 २०८३ जेष्ठ २१

 प्रतिबन्धित नेकपाका जिल्ला सदस्य पार्टी परित्याग पछि  रिहा

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  जिल्ला सदस्य मुसिकोट नगरपालिका–८ का ४२ वर्षीय गोबिन्द बिक ‘आकाश’लाई पार्टी परित्यागपछि  जिल्ला प्रशासन कार्यालयले माघ २२ गते   रिहा गरेको छ ।

बिकले माघ २२ गते प्रेस वक्तव्य मार्फत पार्टीका कुनै पनि क्रियाकलापमा सहभागिता नजनाउने र साधारण जीवनयापन गर्ने जनाए पछि   रिहा गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी उद्धव पन्थीले बताउनु भयो ।

प्रहरीले बिकलाई  माघ १२ गते रेसुङ्गा नगरपालिका– २ जीपपार्कबाट गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो