२५ वर्षीया महिलालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा पीडितले लुम्बिनी साँस्कृतिक नपा–११ का ४५ वर्षीय राजमोन लोध, ३५ वर्षीय मुन्ना मुसलमान र पीडितका ४० वर्षीय दाजु विरूद्ध जिल्ला प्रहरी कार्यालयमा माघ २० गते उजुरी दर्ता गरेको छ ।
पीडितालाई ०७६ जेठ २७ गते आरोपितहरूले जिल्ला अदालत रूपन्देहीबाट तारेक लिएर फर्कदै गर्दा बाटोबाटै अपहरण गरी मुखमा पट्टी बाधेर भारत पुरयाएको र माघ १० गते भाग्न सफल भएको पीडितले बताउनु भयो ।
पीडितले दिएको उजुरीका आधारमा आरोपित विरूद्ध कारवाही अगाडि बढाइएको र आरोपितहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २० गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७