INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकद्वारा आठ वर्षीय बालकमाथि कुटपिट

घोराही उपमनपा–१३ स्थित गोदावरी बोर्डिङ स्कुलमा कक्षा तीनमा  अध्ययनरत आठ वर्षीय समीर बुढालाई परीक्षामा कम नम्बर ल्याएको आरोपमा  शिक्षक ३० वर्षीय हेमन्त पोख्रेलले माघ २० गते कुटपिट गरेका छन् ।

कुटपिट गर्ने शिक्षक विरूद्ध पीडित पक्षले माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

आरोपित  पोख्रेलले लोटस विषयको टेष्ट परीक्षामा शुन्य नम्बर ल्याएको भन्दै कक्षा कोठामै रूलरले ४९ पटक गालामा हानेको पीडितले बताउनु भयो ।  शिक्षकको कुटपिटबाट बालकको गाला , कानमा चोट लागेको र निलडाम परेको छ । बालकको माघ २० गते घोराही बजारस्थित आदर्श स्वास्थ्य क्लीनिक घोराहीमा उपचार गरिएको छ ।

आरोपित विरूद्ध उजुरी दर्ता भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो ।

 

अन्य

भिडियो