पत्नीसहित तीन जनाको हत्या प्रयास गरेको ठहर गर्दै जिल्ला अदालतले माघ १६ गते भूमिकास्थान नपा–६ का २७ वर्षीय चिरन घर्तीलाई दुई वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्ययाधीश बासुदेव न्यौपानेको इजालासले आरोपितलाई दुई वर्ष कैदको फैसला गरेको जिल्ला अदालतका नासु टेकराज गैरेले बताउनु भयो ।
आरोपितले ०७६ साउन २८ गते पत्नी १८ वर्षीया गीता घर्तिमगर, सासु ४३ वर्षीया भूमकला क्षेत्री र साला ११ वर्षीय अर्जुन क्षेत्रीमाथि खुकुरी प्रहार गरेका थिए । घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बुनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भएको थियो ।
पीडित पक्षले साउन २९ गते आरोपित विरूद्ध उजुरी दिएका थिए । घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले भदौ १८ गते गिरफ्तार गरेको थियो ।