२२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा अदालतले चौदण्डीगढी नगरपालिका–२ का ३६ वर्षीय रामजी भनिने झुके विश्वकर्मालाई माघ १६ गते सात वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायधीश दीपक खनालको इजलासले कसुर ठहर गर्दैै कैद सजायसँगै पीडितले पाउने गरी १० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।
आरोपितले ०७६ कात्तिक १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध कात्तिक २६ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरी कारबाही अघि बढाएकोमा अदालतको मङ्सिर २० को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा कात्तिक २७ गते भयो ।