INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बैजनाथ गाउँपालिका–१ का ४८ वर्षीय कृष्णबहादुर शाहीलाई प्रहरीले माघ १५ गते घरबाट गिरफ्तार गरेको छ  ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवबहादुर सिंहले राज्य विरूद्ध सक्रिय रुपमा काम गरीरहेको आरोपमा गिरफ्तार गरि अनुसन्धान भइरहेको  बताउनु भयो ।

शाहीलाई यस अघि एनसेल टावरमा आगजनी गरेको आरोपमा ०७५ चैत ११ गते गिरफ्तार गरेको थियो ।   जिल्ला अदालतको  वैशाख १३ गतेको  आदेश अनुसार आरोपित  रिहा भएका  थिए ।

अन्य

भिडियो