नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बैजनाथ गाउँपालिका–१ का ४८ वर्षीय कृष्णबहादुर शाहीलाई प्रहरीले माघ १५ गते घरबाट गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवबहादुर सिंहले राज्य विरूद्ध सक्रिय रुपमा काम गरीरहेको आरोपमा गिरफ्तार गरि अनुसन्धान भइरहेको बताउनु भयो ।
शाहीलाई यस अघि एनसेल टावरमा आगजनी गरेको आरोपमा ०७५ चैत ११ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको वैशाख १३ गतेको आदेश अनुसार आरोपित रिहा भएका थिए ।