१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ वर्षीय बालकलाई माघ १५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर वलीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १० गते भेरी अस्पतालमा भयो भने थप उपचारकालागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनायो ।