INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित बालकलाई कैद फैसला

११ वर्षीया बालिकालाई माडी नगरपालिकामा ०७६ भदौ १ गते बलात्कार प्रयास गरेको आरोपमा १६ वर्षीय बालकलाई चितवन जिल्ला अदालतले कैद र जरिवानाको फैसला गरेको छ । चितवन अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले माघ १६ गते आरोपित बालकलाई ४५ दिन कैद र १ हजार रुपैया जरिवाना हुने फैसला गरेको हो ।

बलात्कार प्रयास गरको आरोपमा पीडित बालिकाले ०७६ भदौ ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् । बालकलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको थियो । बालिकाको भदौ ४ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । बालकलाई आवश्यक परेको बेला अदालतमा उपस्थित गराउने सर्तमा भदौ ४ गते अभिभावकको जिम्मा लगाईको थियो ।

अन्य

भिडियो