INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित विरुद्व प्रहरीमा उजुरी

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै शुभकालिका गाउँपालिका–१ का २९ वर्षीय युवराज शाहीविरूद्व पीडित पक्षले माघ १४ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएका छन् ।

आरोपितले पीडितलाई “लेनदेन छ” भन्दै माघ १२ गते जिल्ला सदरमुकामस्थित कोठामा बोलाएर बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका इन्स्पेक्टर इन्द्रबहादुर मल्लले जानकारी दिनु भयो ।

घटनापछि आरोपित शाही फरार रहेकाले खोजी भइरहेको इन्स्पेक्टर मल्लले बताउनु भयो । घटनाका क्रममा छातीमा चोट लागेकी पीडितको माघ १३ गते जिल्ला अस्पताल कालिकोटमा उपचार र स्वास्थ परीक्षण गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

अन्य

भिडियो