षडानन्द नगरपालिका – ४ मुलपानी र ८ नम्वर वडा तुगेछको सिमाना टावर डाँडा भन्ने ठाँउमा रहेको एनसेलको टावरमा आगजनी भएको छ ।
माघ १२ गते राति अज्ञात पक्षले आगजानी गरेको षडानन्द नगरपालिकाका नगर प्रहरी दोर्ण राईले बताउनु भयो ।
आगजनीबाट टावरमा क्षति पुगेको षडानन्द नगरपालिकाका मेयर वीरवल राईले बताउनु भयो ।
घटनामा संलग्नहरूको खोजी थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।