INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४६ वर्षीया बोल्न नसक्ने एक महिलालाई बलात्कार गरेको घटनाको आरोपमा भगवतीमाई गाउँपालिका–१ पगनाथका ५७ वर्षीय मानबहादुर थापालाई प्रहरीले माघ १२ गते गिरफ्तार गरेको छ ।

माघ ७ गते साँझ महिलाको घरमा बलात्कार गरेको भन्दै माघ १० गते पीडित पक्षले दिएको उजूरीको आधारमा घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर नैनबहादुर साउदले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १० गते दैलेख जिल्ला अस्पतालमा भयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

अन्य

भिडियो