INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीलाई आगोलगाई हत्या गरेको घटनाका आरोपित गिरफ्तार

औरही गाउँपालिका–५ की २३ वर्षीया अनिता यादवलाई आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय बिनोद यादवलाई माघ ११ गते गिरफ्तार गरेको छ ।

आरोपितले पत्नीलाई माघ १० गते आगो लगाई उपचारको लागि विराटनगरस्थित म्याक्स अस्पताल लगेको मौखिक सूचनाको आधारमा मोरङ प्रहरीको सहयोग लिई आरोपितलाई गिरफ्तार गरी सिरहा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर दिपेन्द्र श्रेष्ठले बताउनु भएको छ ।

म्याक्स अस्पतालले थप उपचारको लागि काठमाडौँ रेफर गरेको र काठमाडौँको किर्तिपुरस्थित मोडेल अस्पतालमा माघ १२ गते बिहान डाक्टरले मृत घोषणा गरेको मृतकका बुवा अशोक यादवले बताउनु भएको छ । शवको पोष्टमार्टम काठमाडौँको शिक्षण अस्पतालमा गरिने इन्स्पेक्टर श्रेष्ठले बताउनु भएको छ ।

दुई हप्ता अगाडि विदेशबाट आएका बिनोदले पत्नीलाई चारित्रिक आरोप लगाई दैनिक जसो झगडा गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्स्पेक्टर श्रेष्ठले बताउनु भएको छ ।

अन्य

भिडियो