INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढीमाई नपा–१ का २७ वर्षीय देवकुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले माघ १० गते गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीका अनुसार आरोपितले बालिकालाई माघ १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन माघ १० गते उजुरी दिनु भएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ १० गते नै भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो