मिथिल नपा–५ श्रीपुर निवासी पर्यावरण अभियन्ता २४ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गणेशमानचारनाथ नपा–२ का १९ वर्षीय सत्यनारायाण महतोलाई माघ १० गते गिरफ्तार गरेको छ ।
घटनालगतै फरार भएका सत्यनारायणलाई वहाँको आफ्नै घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनु भएको छ ।
पुस २५ गते बिहान ४ः१० बजे नजिकैको औरही खोलामा भइरहेको अबैध गिट्टी-बालुवा उत्खनन् कार्य रोक्न गएका बेला दिलीपको हत्या भएको पीडित परिवारको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेशकुमार बस्नेतका अनुसार महतोलाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको थियो । गिरफ्तार आरोपित सत्यनारायण सोही टिपकरका सहचालक (खलासी) हुन् ।
यसअघि प्रहरीले हत्या घटनामा संलग्न आरोपमा चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतो, टिपरका चालक मुनीन्द्र महतो, लोडर चालक जितेन्द्रकुमार महतो, स्थानीय युवा रोशनकुमार यादवलाई गिरफतार गरि सार्वजानिक गरि सकेको छ ।