१६ वर्षीया बालिकालाई महागढीमाई नपा–१ स्थित गढीमाई मन्दिरमा माघ ८ गते बालविवाह गराएको आरोपमा महागढीमाई नपा–८ धर्मपुर टोलका ३० वर्षीय गणेश साह कलवार र पीडित बालिकाको बुबालाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी विकाशराज खनालको आदेशमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीले सोही दिन दिउँसो बालविवाह घटनाका आरोपितलाई गिरफ्तार गरेको हो । आफूलाई विवाह गर्न बाध्य बनाएको पीडित बालिकाको आरोप छ ।
डिएसपी गौतम मिश्रका अनुसार बालविवाहका आरोपित गणेशका पत्नीले बालिकासँग बालविवाह र बहुविबाह गर्न लागेको भनि माघ ४ गते दिउँसो जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।