१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा– १४ का ४० वर्षीय सुकवीर बादीलाई माघ ११ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ ८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पश्चात आरोपितलाई घोराही बजारबाटै गिरफ्तार गरेको इन्स्पेक्टर राजन गौतमले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।