INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा दुई वर्ष कैद सजायको फैसला

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा देउमाई नगरपालिका–१ का ३९ वर्षीय पुष्कर राइलाई अदालतले माघ ८ गते दुई वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायधीश हरिश्चन्द्र इङ्गनामको इजलासले कैद सजायसँगै कसुरदारबाट २० हजार रूपियाँ जरिबाना र पीडितले पाउने गरी ५० हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश भएको हो ।

आरोपितले ०७५ चैत २४ गते बलात्कार गरेको आरोपमा पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

प्रहरीले आरोपितलाई चैत २४ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको ०७६ वैशाख १९ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २५ गते गरिएको छ ।

 

अन्य

भिडियो