INSEC Online

📅 २०८३ जेष्ठ २१

एनजीओ र आइएनजीओ बन्द गर्न विप्लव नेतृत्वको नेकपाको धम्की

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले जिल्लामा सञ्चालनमा रहेका गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) बन्द गर्न माघ ५ गते विज्ञप्ति मार्फत् धम्की दिएको छ ।

सो पार्टीले माघ ५ गते विज्ञप्ति जारी गर्दै जिल्लामा सञ्चालनमा रहेका गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका गतिविधि बन्द गर्न धम्की दिएको हो ।

सो पार्टीका धनकुटा जिल्ला इञ्चार्ज दर्शन किराँती र सचिव सुदर्शन थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘एनजीओ र आइएनजीओले देशलाई आर्थिक रूपमा शून्य बनाउँदै लगेको छ, यस्ता संस्थाहरूलाई सामाजिक दलाल, पुँजीवादी सरकारले कारबाही गर्नुको साटो संरक्षण गर्दै खुलेआम जनतालाई लुट्न दिइरहेको छ, त्यसैले गर्दा राष्ट्रलाई आर्थिक सङ्कटबाट बचाउन तपाइको पनि दायित्व हो, त्यस्ता दलाल पुँजीवादी संस्थाको कार्यालय हटाइदिनु हुन अनुरोध गर्दछौ’ उल्लेख गरिएको छ ।

अहिले यस्ता खालका संस्थाहरूले देशैभरि जनताको इच्छा विपरित ढाँटछल गरी जनतालाई दुखी बनाइै आफ्नो स्वार्थ पुरा गरिरहेको हुँदा उक्त संस्थाहरूलाई बन्द गर्ने पार्टीको अभियान रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

bigyapti

 

अन्य

भिडियो