एक २१ वर्षीया महिलालाई अपहरण गरेको आरोपमा सप्तरी प्रहरीले तिलाठी कोईलाडी गाउँपालिका–३ का ५५ वर्षीय ओमप्रकाश मुखिया, ५२ वर्षीय कुशे मुखिया, ५० वर्षीया जानीदेवी मुखिया र ६२ वर्षीय फरिदर मुखियाविरुद्ध माघ ८ गते उजुरी दर्ता गरेको छ ।
उच्च अदालत जनकपुर राजविराज इजलाशले पुस २१ गते परमादेश गरेपछि प्रहरीले उजुरी दर्ता गरेको पीडितकी सासुले बताउनु भयो । पीडितकी सासुले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता नभएपछि उहाँले परमादेशका लागि अदालतमा निवेदन दिनु भएको थियो । उच्च अदालत जनकपुर राजविराज इजलाशले प्रहरीका नाममा पुस २१ गते परमादेश गरेको थियो । उजुरीमा आरोपितहरुले हतियार देखाई भदौ ९ गते अपहरण गरी शरिर बन्धक बनाएको आरोप लगाइएको छ ।
आरोपितहरु हालसम्म गिरफ्तार नभएको र खोजीकार्य भइरहेको इन्स्पेक्टर यमलाल बन्जाडेले बताउनु भएको छ ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।