आठ वर्षीया बालिकाकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भुमिकास्थान नपा–१० घर भई सन्धिखर्क नपा–२ बस्ने ३४ वर्षीय कृष्ण हमाललाई माघ ७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई माघ ६ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राम नारायण गुप्ताले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ७ गते जिल्ला अस्पताल, सन्धिखर्कमा गरिएको प्रहरीले जनायो ।