१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शारदा नपा–१५ का २३ वर्षीय विराज योगीलाई माघ ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।
दाङ निवासी बालिकालाई विराज योगीले माघ १ गते बलात्कार गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनु भयो । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, सल्यानमा माघ ७ गते उजुरी दिएका थिए ।
आफूलाई माघ १ गते सल्यानको श्रीनगरस्थित एक होटलमा बलात्कार गरेको पीडितले बताउनु भयो । घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले खोजतलासपछि गिरफ्तार गरेको डिएसपी खतिवडाले जानकारी दिनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा भएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।