नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भिमेश्वर नपा–८ बोचकका १९ वर्षीय रविन्द्र भुजेललाई पुस १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले बलात्कार गर्ने मनसायले यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, दोलखाका सई यज्ञानन्दप्रसाद शाहले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १२ गते प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा गरिएको छ ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि