INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक प्रतिनिधि सम्मानित 

२२ औ भूकम्प सुरक्षा दिवसका अवसरमा रसुवा जिल्ला क्रियाशील इन्सेक प्रतिनिधि तथा अधिकारकर्मीहरु ०७६ माघ २ गते सम्मानित हुनुभएकाे छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भएको एक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा ‌केन्द्र (ईन्सेक) का जिल्ला प्रतिनिधि हेमनाथ खतिवडा, मासम अध्यक्ष तथा राससका ज्ञानेन्द्र न्यौपाने , अधिकारकर्मीकहरु विश्वास नेपाली, फुर्पा तामाङ , सुष्मा न्यौपाने तथा जनप्रतिनिधि समेत सम्मानीत भएका थिए ।

IMG_20200116_154144

मानव अधिकार तथा विपद व्यवस्थापनमा योगदान गरेको भन्दै इन्सेकका जिल्ला प्रतिनिधीलाई सम्मान गरिएको उल्लेख छ । यसै सन्दर्भमा पत्रकारहरु कान्तिपुरका बलराम घिमिरे, नेपाल टेलिभिजनका शुसील कोइराला, रेडियो रसुवाका दिपक लामा, नयाँ पत्रिकाका अनु आचार्य, नागरिकका हिमनाथ देवकोटा, कविता स्याङवा, सरस्वती न्यौपाने, प्रेमकुमारी तामाङ, रेडियो लाङटाङका गिता न्यौपानेलाइ समाचार लेखेर विपद् व्यवस्थापनमा योगदान गरेको भन्दै प्रमुख अतिथि संघीय सांसद मोहन आचार्यले सम्मानपत्रद्धार सम्मान गर्नुभयो ।

त्यसै गरी प्रतिनिधी सभा सदस्य सांसद मोहन आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आचार्यले विपद जोखिम न्युनिकरणका लागि सवै सचेत रहनुपर्ने बताउनुभयो । बिशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट, जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले विपद जोखिम न्युनिकरणमा सवै क्षेत्र लाग्नुपर्ने र सूचना तथा उद्धार राहतका सदैव तयारी रहेको बताउनुभयो । नागरिक समाज सामाजिक संस्थाका व्यक्ति तथा संस्थाहरुपनि सम्मानीत भएका थिए ।

अन्य

भिडियो