INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच,सात र आठ वर्षीया बालिकालाई एकैपटक यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले थुलुङदुधकोशी गाउँपालिका –३ का १९ वर्षीय सरोज सार्कीलाई गिरफ्तार गरेको छ ।

आरोपितले पुस २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले काँगेल डाँडा विमानस्थल सुरक्षा प्रहरी पोष्टलाई पुस २८ गते मौखिक उजुरी दिएपछि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले बताउनुभयो ।

आरोपित विरुद्व पुस २९ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

पीडित बालिकात्रयको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल फाप्लुमा माघ १ गते गरिएको छ ।

अन्य

भिडियो