INSEC Online

📅 २०८३ जेष्ठ २१

सद्गत गर्न लागिएको महिलाको शव प्रहरीद्वारा नियन्त्रण, हत्याको आशंका

विराटनगर महानगरपालिका–८ बलुवाईकी २८ वर्षीया प्रेमदेवी शाहको सद्गत गर्न लागिएको शव प्रहरीले माघ २ गते सिंघिया खोला घाटबाट नियन्त्रणमा लिएको छ ।

मृत्तकका दाजु राजु सहनीले मोरङ प्रहरीलाई हत्याको आशंका भएको मौखिक उजुरी दिएपछि अनुसन्धानका लागि शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङ एसपी विश्व अधिकारीले बताउनु भयो ।

दिदी बितेको खबर आयो,घर पुगेर हेर्दा घाँटीमा ताजा निलडाम देखिएपछि प्रहरीमा खबर गरेको मृत्तकका दाजु राजु सहनीले बताउनुभयो ।

लास जलाउनलाई चिता बनाई सकेको अवस्थामा प्रहरीमा खबर आएपछि अनुसन्धानका लागि शव नियन्त्रणमा लिई एसपी अधिकारीले जानकारी दिनुभयो ।

शवको प्रकृति हेर्दा घाँटीमा निलडाम देखिएकाले मृत्तकका ३३ वर्षीय पति गोविन्द शाहलाई गिरफ्तार गरी अनुसन्धान थालिएको एसपी अधिकारीले बताउनुभयो ।

शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पतालको शवगृहमा राखिएको छ । पोष्टमार्टम रिर्पाट आएपछि हत्या वा आत्महत्या यकिन हुने र सोही बमोजिम कानूनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।
Photo 20200116 Morang (1)

Photo 20200116 Morang (2)

Photo 20200116 Morang (3)

अन्य

भिडियो