राष्ट्रिय समाचार समिति हुम्लाका प्रतिनिधि, रेडियो कर्णाली आवाज हुम्लाका समाचार सहसंयोजक तथा प्रेस संगठन हुम्लाका सदस्य सिमकोट गाउँपालिका–२ बस्ने २३ वर्षीय दाने बोहरालाई प्रहरीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
पुस २९ गते खार्पुनाथ गाउँपालिकामा लाग्ने माघे संक्रान्ति मेलाका लागि रिर्पोटिङमा गएको समयमा जिल्ला प्रहरी कार्यालय, हुम्लाबाट खटिएकोे प्रहरी टोलीले घाइते हुने गरि हातपात गरेको पीडित बोहराको आरोप छ ।
ड्युटीमा रहेका प्रहरीले मदिरा सेवनको आरोप लगाउँदै आफुलाई कुटपिटका साथै तीन घण्टा नियन्त्रणमा लिई शारिरीक तथा मानसिक यातना दिँदै जबरजस्ती खाली कागजमा सहि गराउनुका साथै परिचयपत्रका साथै रिर्पोटिङ्गका लगेको सामाग्री समेत खोसेको पीडित बोहराले बताउनुभयो ।
घटनाका बारेमा प्रेस संगठन, हुम्लाले माघ १ गते प्रेस विज्ञप्ति मार्फत् प्रशासनको ध्यानार्कषण गराएको छ । साथै घटनाको यथासिघ्र छानविनका साथै दोषीहरूलाई कारवाही गर्न माग गर्दै पीडित पत्रकार बोहराले समेत माघ १ गते जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय, हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरले घटनाका बारेमा बुझ्न सो दिन मेलामा गएको प्रहरी टोलीलाई झिकाएर दुवै पक्षबीच छानविन गरिने बताउनुभयो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७