दुई वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले पुस २८ गते सितगङ्गा नपा–१२ का ६० वर्षीय टेकबहादुर पुनलाई जन्म कैद गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको इजालासले आरोपितलाई प्रमाण र बयानका आधारमा जन्म कैदको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार गम्भिर घिमिरेले बताउनु भयो ।
पीडितलाई ०७६ असार ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ साउन १ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई साउन १ गते गिरफ्तार गरेकोमा जिल्ला अदालतले साउन २४ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७६ साउन १ गते जिल्ला अस्पताल, सन्धिखर्कमा गरिएकोे थियो ।