INSEC Online

📅 २०८३ जेष्ठ २१

जबर्जस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा क्षिरेश्वरनाथ नपा–६ की २६ वर्षीया रिता चौधरीलाई प्रहरीले पुस २६ गते गिरफ्तार गरेको छ ।

क्षिरेश्वरनाथ नपा–५ स्थित पेपरमिल रोडमा सुविधा गेष्ट हाउस सञ्चालन गर्दै आएकी चौधरीलाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोप लगाएको छ ।

आरोपितलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत पुस २७ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनु भएको छ ।

पीडितको स्वास्थ्य परीक्षण पुस २७ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो