पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ६५ वर्षीय हजुरबुवालाई पुस २७ गते सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको इजलासले आरोपितको बयान र प्रमाणका आधारमा उक्त फैसला गरेको जिल्ला अदालतका नासु टेकराज गैरेले बताउनु भयो ।
आरोपितले ०७६ फागुन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई फागुन ३ गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २ गते जिल्ला अस्पताल, अर्घाखाँचीमा गरिएको थियो ।