हरेक वर्ष बार्षिक परीक्षा सम्पन्न गरेपछि मङ्सिरको पहिलो हप्तामा तलब पाउने डोल्पाका शिक्षकहरूले पुस महिना सकिनै लाग्दा समेत तलब नपाएको गुनासो गरेका छन् ।
डोल्पाका काइके गाउँपालिका, मुड्केचुला गाउँपालिका, ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा रहेका विद्यालयहरूमा कार्यरत् शिक्षकहरूले तलब नपाएको गुनासो रहेको हो ।
काइके गाउँपालिकाका अध्यक्ष, कार्यकारी अधिकृत र शिक्षा शाखा हेर्ने कर्मचारी कात्तिकको अन्तिम साता काठमाडाँै गएदेखि जिल्ला नफर्केका कारण तलब निकासामा ढिलाई भएको गाउँपालिकाले जनाएको छ ।
ठुलीभेरी नगरपालिकामा भने बजेट अभावका कारण ०७६ साउन देखि विद्यार्थी दिवा खाजा र मङ्सिर देखि फागुन सम्मको तलब भत्ता निकासामा समस्या भएको ठुलीभेरी नगरपालिका जुफालका शिक्षा शाखा प्रमुख दिलप्रसाद बुढाले जानकारी दिनुभयो । ‘बजेट ब्यवस्थापनको प्रयास भइरहेको छ अबको एक सातामा तलब निकासा हुन्छ’–बुढाले भन्नुभयो ।
त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुरा माध्यामिक विद्यालय, काटिँयाचौरका प्रधानाध्यापक रमानन्द उपाध्यायले समयमा तलबभत्ता निकासा नहुँदा जिल्ला बाहिरका शिक्षकहरूलाई घर जान समेत समस्या परेको बताउनुभयो ।
त्रिपुरासुन्दरी नगरपालिकाका लेखापाल रुपचन्द्र बुढाले कार्यालयको सबै लेखाप्रणाली अनलाइनमा राखिएकोमा कार्यालयको कम्प्यूटरको सफ्टवेयरमा समस्या आएपछि सबै कामकाज रोकिएको बताउनुभयो । मर्मत कार्य भईरहेकोले छिटै नै नगरपालिका मातहतका सबै शिक्षकहरूको तलबभत्ता निकासा हुने बुढाको भनाई छ ।
चिसोका कारण हिमाली जिल्ला डोल्पाका तल्लो भेगमा रहेका विद्यालयहरूमा मङ्सिरको पहिलो हप्तामा बार्षिक परीक्षा सम्पन्न गरिन्छ भने उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ, काइके र शे–फोक्सुण्डो गाउँपालिकामा रहेका विद्यालयहरूमा कात्तिकको पहिलो हप्तामा वार्षिक परीक्षा सम्पन्न गरेर वैशाखको दोस्रो साताबाट पठनपाठन सुरू हुने गर्दछ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७