२६ वर्षीया महिलालाई पुस २३ गते बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–७ का ६० वर्षीय अबधकिसोर साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पुस २५ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले पुस २५ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएको छ । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस २५ गते भएको प्रहरीले जनाएको छ ।
आरोपितलाई पुस २५ गते बेलुका गिरफ्तार गरेको र पुस २६ गते शनिवार भएकोले पुस २७ गते अनुसन्धानको लागि म्याद थप गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवालले बताउनु भयो ।