४३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ललितपुर जिल्ला गोदावरी नगरपालिका–८, डुकुछापका ५० वर्षीय विष्णु बुढाथोकीलाई २०७६ पुस २४ गते गिरफ्तार गरेको छ ।
आरोपितले २०७६ पुस १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले पुस २३ गते महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिनु भएको प्रहरीले जनाएको छ । पीडितको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी जबरजस्ती करणी उद्योगमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर जावलाखेलका डीएसपी सन्तोस तामाङले बताउनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २३ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।