शहिद लखन गाँउपालिका–१ वक्राङ स्थित भोगटिनिको एनसेल टावरमा पुस २५ गते राति करिब साढे ११ बजे आगजनी भएको छ ।
टावरमा जडित तारमा आगो लगाएर आगजनी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम प्रसाद अधिकारीले बताउनुभयो ।
‘थोत्रा, बोरा र पराल प्रयोग गरेर आगजनी गरिएको छ, अन्य मेसिनरी सामग्रीमा क्षति नभएपनि टावरबाट उपकरण जडान गरिएको तारमा क्षति पुगेको छ,’ उहाँले भन्नुभयो ।
क्षतिको मुल्याङ्कन हुन बाकी रहेको र घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको अधिकारीले बताउनुभएको छ ।उहाँले उक्त क्षेत्रमा पुस २५ गते राति बाटै मोबाइल सेवा प्रभावित भएको जानकारी दिनुभयो ।